२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
फाइल फोटो

काठमाडौं – सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकी दिए ।

सम्बोधनमार्फत् ओलीले सरकारले एक वर्षमा गरेका कामबारे जानकारी गराउने छन् ।

नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । २०७४ फागुन २४ गते ओलीले संसदबाट विश्वासको मत जितेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्