२१ असार २०८३, आइतबार

‘सरकारको वर्ष दिन पुग्नु अचम्म हो, अब पाँच वर्ष आरामसँग जान्छ’

‘सरकारको वर्ष दिन पुग्नु अचम्म हो, अब पाँच वर्ष आरामसँग जान्छ’
फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सरकारले वर्षदिन पूरा गर्नु नेपालका लागि अचम्म भएपनि वर्तमान सरकार पाँच वर्ष आरामसँग चल्ने बताएका छन् । 

बिहीवार काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले आरामसँग पाँच वर्ष पूरा गर्ने बताएका हुन् । 

‘पर्सी सरकारको एकवर्ष पूरा हुँदैछ । सरकारको वर्षदिन पूरा हुनु नेपालका लागि अचम्म जस्तो लाग्छ । अब सरकार, पाँच वर्ष आरामसँग जान्छ, बहुमतको स्थिर सरकार पनि छ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले सरकारको कामलाई भैंसी मर्ला र खाउाला भन्ने प्रवृत्तिसँग तुलना गरे ।

‘एउटा भैंसी हेरेर एउटा जीवले भन्छ, भैसी मरेदेखि खान्थें । हेर्दा हेर्दै भैंसी ब्यायो । पाडो पायो र पाल्नेले दूध खायो । मर्ला र खाउँला भनेर कुर्नेले यही दिन देख्न पर्ला भनेर बाँचेको थिए, आजसम्म, कुन दिन देख्नु पर्‍यो,’
ओलीले अगाडि भने, 'भैंसीका लागि पाडाका लागि देख्न खोजेको यही हो । आज नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’

ओलीले नेपाल हरेक दिन एक कदम अगाडि बढिरहेको दाबी समेत गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्