३१ असार २०८३, बुधबार

घुस खाएर भाग्ने असई एक दिनपछि अख्तियारको फन्दामा

घुस खाएर भाग्ने असई एक दिनपछि अख्तियारको फन्दामा

काठमाडौं– १० हजार खुस खाएर स्थानीयको सहयोगमा भाग्न सफल  एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । 

मंगलबार महोत्तरीको प्रहरी चौकी औरहीमा कार्यरत असई राम नरेश साह तेलीले  नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने ईलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराइ दिने भन्दै  घुस लिएका थिए । 

विशेष उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले मंगलबार तेलीले सेवाग्राहीसँग दश हजार घुसबापतको रकम लिई स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहलाई दिँदै गर्दा  नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, स्थानीयको अवरोधले उनीसँगै दिनेश भाग्न सफल भएका थिए । 

भाग्न सफल उनीहरु दुबैलाई आज फेरि आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले  नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्