२२ असार २०८३, सोमबार

पशुपति शर्माको गीतलाई बाबुराम भट्टराइको समर्थन

पशुपति शर्माको गीतलाई बाबुराम भट्टराइको समर्थन

काठमाडौं– देशमा बढ्दै गएको वेथितिविरुद्ध लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ बोलको गीतलाई डा बाबुराम भट्टराइको दल नयाँ शक्ति पार्टी नेपाललले समर्थन गरेको छ । 
नयाँ शक्ति पार्टीले गायक शर्माको गीतको लिंक सहित सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै गीतले यथार्थ चित्रण गरेको बताएको हो । ‘सुप्रसिद्ध लोक गायक पशुपति शर्माको यो व्यंग्यात्मक गीत 
लुट्न सके लुट कान्छा लुट्न सके लुट,
अरु देशमा पाइँदैन नेपालमै हो छुट।।।

यो गीतले साँचै देशको स्थितिको यथार्थ चित्रण गरेको छ, यसरी यो देश लुट्ने छुट कसैलाई छैन’ नयाँ शक्तिले ट्वीटरमा लेखेको छ । 
पशुपति शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । 
यसबैीच गायक शर्माले यो गीतका केही शब्दप्रति विवाद देखिएको भन्दै परिमार्जन गरेर फेरि सार्वजनिक गर्ने बाचासहित हाललाई आधिकारिक युट्यूव च्यानलमार्फत हटाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्