×

NMB BANK
NIC ASIA

पोखरा - पोखराका पर्यटन व्यवसायी विप्लव पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डको संचालक समितिमा नियुक्ति गरेकोछ । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै पौडेल सहित पर्यटन व्यवसायी पम्फादेवी धमलालाई तीन वर्षको लागि बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

Muktinath Bank

पोखरा आफैंमा सुन्दर पर्यटकीय शहर भएपनि ३ वर्षयता यस क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व हुन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी गु्रपका (होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा)का कार्यकारी निर्देशक हुन् । पौडेलले नेपाल पर्यटन वर्ष–२०११ को कार्यसम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरी सकेका  छन् भने नेपाल भ्रमण बर्ष–२०२० को उपसमितिका सदस्य पनि हुन् ।


Advertisment
Nabil box
Kumari

बाल्यकालबाटै पर्यटन व्यवसायमा सक्रिय रहेका पौडेल पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष र नेपाल होटल संघका केन्द्रिय सदस्य समेत हुन् ।

Vianet communication
Laxmi Bank

बोर्ड सदस्यमा नियुक्त भए पछि प्रतिक्रिया दिँदै पौडेलले समग्र पर्यटन क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई प्रयोग गर्ने बताए । ‘लामो समयदेखि पर्यटन क्षेत्रमा आर्जेको ज्ञानलाई समग्र पर्यटन क्षेत्रको बिकासमा लगाउने छु,’ उनले भने, ‘गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन उद्योग समृद्ध बनाउन क्षमताले भ्याएसम्म प्रयत्न गर्नेछु ।’

सरकारले विश्वास गरेर दिएको जिम्मेबारी ईमान्दारितापूर्वक पुरा गर्ने पौडेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x