२७ जेठ २०८३, बुधबार

लोकमानदेखि अन्सारीसम्म : संवैधानिक परिषद्का सिफारिस बारम्बार विवादित

फागुन ९, २०७५
लोकमानदेखि अन्सारीसम्म : संवैधानिक परिषद्का सिफारिस बारम्बार विवादित

काठमाडौँ - संवैधानिक परिषद्ले बारम्बार संवैधानिक र कानुनी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरेको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषद्को सिफारिसलाई थप विवादित बनाएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–मुस्लिम आयोगसम्बन्धी ऐनमा आयोगको अध्यक्षको योग्यता १० वर्ष मुस्लिम समुदायको हकहितमा काम गरेको, स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य नरहेको, ४५ वर्ष उमेर पूरा गरेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदको माघ ६ को बैठकले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको, पार्टीको सदस्यता कायम रहेको भन्दै संसदको सुनुवाइ समितिमा उजुरी परेपछि छानबिन भइरहेको छ ।

परिषद्ले यसअघि सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वफ्रमुख आयुक्त लोकमानसिंह कार्की, आयुत्त राजनारायण पाठक र प्रधानन्यायाधीश गोपाल पराजुली विवादित भएपछि कार्यकाल पूरा नगर्दै बाहिरिइसकेका छन् । परिषद्ले सिफारिस गरेका व्यक्तिमध्ये विवादमा परेका अधिकांशको उच्च नैतिक चरित्रमै प्रश्न उठ्ने गरेको छ । कार्की उच्च नैतिक चरित्र नभएको र योग्यतै नपुगेको प्रमाणित भएर तथा पाठक घूसकाण्डमा मुछिएर बाहिरिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्