काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तिर्थस्थल भएको बताएका छन् ।
काजी कालुपाण्डेको समाधिस्थलमा दहचोकमा आज आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधामन्त्री ओलीले यहाँ आज पाण्डेको पूर्णकदको सालिक अनावरण गरे ।
हरेक बर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गरेका छन् ।
चन्द्रागीरी नगरपालिका १ का रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए ।
टावरको दुई तल निर्माण भइसकेको छ । यसैगरी प्रधानमन्त्री ओली गतबर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेकोमा यस बर्ष काम धमाधम भइरहेको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।