२२ असार २०८३, सोमबार

श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गर्ने पक्राउ

फागुन १३, २०७५
श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गर्ने पक्राउ

संखुवासभा–संखुवासभाको खाँदवारी नगरपालिका– ३ मा श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका साढे ७ बजे  मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा वर्ष ३८ का ध्रुव विकले वर्ष ३२ की अन्जना विकलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए ।

हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पतल खाँदवारी पठाइएको छ । हतियार प्रहार गर्ने ध्रुवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्