१९ असार २०८३, शुक्रबार

एमएडका विद्यार्थीलाई पढाएर २८ औं दिनको जनयात्रामा बाबुराम

फागुन १३, २०७५
एमएडका विद्यार्थीलाई पढाएर २८ औं दिनको जनयात्रामा बाबुराम

मंगलसेन– असल राजनीति र समावेशी विकासको लागि झण्डै एक महिनाअघि जनसंवाद यात्रा शुरू गरेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको टोली अछाम पुगेको छ । 

जनसंवाद यात्राको २८ औं दिन सोमवार बिहान मंगलसेनको अछाम बहुमुखी क्याम्पसमा शिक्षा संकायतर्फ स्नातकोत्तर (एमएड)का विद्यार्थीलाई क्लास लिएका हुन् । उनले आर्थिक विकास र समृद्धिको बारेमा क्लास लिएका थिए ।

बाबुरामले सोमवारनै बयलपाटा अस्पतालको अवस्थाको बारेमा जानकारी लिएका थिए । कर्णाली प्रदेशमा प्रवेश गरेसँगै बाबुरामले दौरा सुरुवाल र ढाकाटोपी लगाएका छन् । माघ १५ गते ताप्लेजुङबाट शुरू गरेको यात्रा फागुन १५ मा टुंगिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्