भारत- भारतीय वायुसेवाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।
जम्मू-कश्मीरको बडगामभन्दा सात किलोमिटर टाढा गारेन्द गाउँमा भारतीय लडाकु विमान दुर्घटना भएको हो ।
विमान खेतमा खसेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । दुर्घटनामा २ पाइलटको निधन भएको बताइएको छ ।
मंगलवार भारतीय वायु सेवा विमानले पाकिस्तानको भूमि बालाकोटमा बम खसालेको थियो ।
त्यसलाई भारतले पुलवामा हमलाको जवाफ भनेको छ ।