२९ असार २०८३, सोमबार

नेकपा अध्यक्ष प्रचण्डले भेटे स्व. मन्त्रीका परिवारलाई

फागुन १६, २०७५
नेकपा अध्यक्ष प्रचण्डले भेटे स्व. मन्त्रीका परिवारलाई

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाका मृतकका परिवारलाई भेट गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवार सहित अन्य मृतकका परिवारलाई अध्यक्ष प्रचण्डले बिहीबार विहान भेटेका हुन् । 

उनले मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे । यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्री अधिकारीको मृत्य भएपछि उनका बुबाआमा पोखरबाट काठमाडौं आएका हुन् । बाबु अझै अर्धचेत अवस्थामा रहेको बताइएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

तस्वीर - प्रचण्डकाे सचिवालय
 

salt training

कमेन्ट गर्नुहोस्