०१ असार २०८३, सोमबार

ऊर्जामन्त्री वर्षमान पुन नर्भिक अस्पताल भर्ना

फागुन १६, २०७५
ऊर्जामन्त्री वर्षमान पुन नर्भिक अस्पताल भर्ना

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए । 

नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भर्ना भएको पुष्टि गरे । 

‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने । 

उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ ।  
यसैबीच मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, नेकपा नेता जनार्दन शर्मा लगायत अस्पताल पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्