काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल म्याग्दीका धार्मिक स्थलहरू दर्शनमा व्यस्त छन् ।
आज आइतवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीको बेनीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामको दर्शन गरेका छन् ।
शनिवार देउवा र पौडेलले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका थिए ।
