२१ असार २०८३, आइतबार

यी शेखहरू अचम्मका सोख पाल्छन्

कात्तिक २०, २०७४
यी शेखहरू अचम्मका सोख पाल्छन्
काठमाडौं, १ चैत — अरब जगतका शेखहरूसँग अकूत सम्पत्ति छ । अत्यधिक सम्पत्ति भएका कारण उनीहरू अचम्मका सोख पाल्छन् । उनीहरूको विलासितापूर्ण जीवनशैलीका बारेमा पढ्दा तपाईं पनि तीनछक्क पर्नुहुनेछ ।


अल–सादी गद्दाफी

लिबियाको मृत तानाशाह मुअम्मार गद्दाफीको छोरा अल सादी खासमा शेख त होइनन् तर उनका शेखोचित गुणहरू छन् । उनले आफ्नै लागि एउटा फूटबल स्टेडियम नै बनाएका थिए । अनि निकोल किडम्यान लगाउतका हलिउडका चर्चित हिरोइनहरू र रुसी टेनिस खेलाडी अन्ना कुर्निकोभासँग महंगो पार्टी गरेर पैसा उडाएका थिए उनले । यसका साथै उनीसँग सयौं विलासी गाडीहरू छन् ।


शेख मोहम्मद अल फासी

धनाढ्य साउदी अरबी व्यापारी अल फासीले अमेरिकाको महंगो वेभर्ली हिल्स इलाकामा ३८ कोठा भएको एउटा बंगला किनेका थिए । त्यसका अलावा उनले मियामी, लन्डन, बार्सिलोना लगायत धेरै ठाउँमा घरसम्पत्ति जोडेका छन् । उनीसँग दुईवटा बोइङ विमान, ७० हजार गाडी, डेढ करोड डलर पर्ने पानीजहाज र आफ्नै चिडियाखाना छ ।


शेख अब्दुल्ला बिन हमद अल–खलीफा

यो शेखको परिवारले बहराइनमा फर्मुला वान रेसिङ आयोजना गर्दछ । माइकल ज्याक्सनको फ्यान यी शेखले उनलाई घरमा खाना खान बोलाएर गीत समेत गाउन लगाएका थिए । यसका लागि यिनले मोटो रकम खर्चेका थिए ।


शेख साउद अल–थनी

यी शेख नेसनल काउन्सिल फर कल्चर एन्ड हेरिटेजका चेयरम्यान हुन् । सन् २००४ मा उनले एक हप्ताभित्र तीन अर्ब रुपैयाँको चित्रहरू संकलन गरेका थिए । अनि त्यही वर्ष उनले दुई अर्ब डलर संग्रहालयका लागि उडाएका थिए ।


मुहम्मद बिन फहद अल–सौद

यी संसारका सबभन्दा धनी शेख मानिन्छन् । साउदी अरबको कुल गार्हस्थ्य उत्पादनमा यिनको हिस्सा नै दश प्रतिशत रहेको विश्वास गरिन्छ । उनले प्रसिद्ध अभिनेत्री पेरिस हिल्टनलाई आफ्नो महलमा नचाएका थिए र त्यसका लागि थुप्रै रकम खर्चेका थिए । एक राति जुवा खेल्दा उनले एक अर्ब डलर हारेका थिए । त्यसबाटै थाहा हुन्छ उनी कति धनी छन् भनेर ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्