०८ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको गोलबजार नगरपालिका–४ सिरहास्थित गोलबजार शाखाको उद्घाटन गरिएको छ ।

गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहबाट बिहीवार भव्य समारोहबीच शाखा उद्घाटन भएको हो ।

शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालय, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १४ लाख ५० हजार ग्राहकका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्