२२ जेठ २०८३, शुक्रबार

मोदीले ट्विटर ह्यान्डलमा गरे परिवर्तन, नाम राखे चौकीदार नरेन्द्र मोदी

मोदीले ट्विटर ह्यान्डलमा गरे परिवर्तन, नाम राखे चौकीदार नरेन्द्र मोदी

काठमाडौं – सन् २०१४ को आमनिर्वाचनमा चायवाला शब्दलाई प्रसिद्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउन लागेको चुनावमा चौकीदार शब्द लोकप्रिय बनाउन खोजेका छन् । 

आमसभाहरूमा आफूलाई देशको चौकीदारका रूपमा चिनाउने मोदीले शनिवार 'मैं भी चौकीदार' शीर्षकमा एक भिडियो जारी गरेका थिए । 

आज चाहिँ उनले ट्विटरमा नाम परिवर्तन गरेर चौकीदार शब्द जोडेका छन् । 

उनकै सिको गर्दै भारतीय जनता पार्टीका ठूला नेताहरूले पनि आफ्नो नामका अगाडि चौकीदार शब्द जोडेका छन् । अध्यक्ष अमित शाह, रेलमन्त्री पीयूष गोयल लगायतले शब्द जोडेका हुन् । 

उता विपक्षी कांग्रेस पार्टीले चाहिँ 'चौकीदार चोर है' भन्ने नारा बनाएर मोदीलाई घेर्ने कोशिश गरिरहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्