
काठमाडौं -नेपालले साफ महिला च्याम्पियनशिप फूटबल प्रतियोगिताको उपविजेतामै चित्त बुझाएको छ ।
उपाधि उचाल्ने घरेलु टोली नेपालको सपनामा भारत तगारो बन्यो । विराटनगरस्थित शहील रंगशालामा शुक्रवार सम्पन्न फाइनल भिडन्तमा भारत ३-१ ले विजयी भयो ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारत हावि बन्यो । नेपालका लागि एक मात्र गोल साबित्रा भण्डारीले गरिन् ।