
सुर्खेत– वीरेन्द्रनगर नगरपालिका १५ का लालबहादुर खत्रीले आफ्नो उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेका छन् । सामान्य किसान परिवारमा हुर्किएका खत्रीले उपचारमा अहिलेसम्म तीन लाख खर्च भइसकेको बताए ।
‘तीन छोरा छोरी छन् । श्रीमती र आमा पनि छन् । म बिरामी छु । कसरी उनीहरुको भविष्य बनाउने होला, कसरी उपचार गरौं ।’ उनले भने, ‘एक लाख वीरेन्द्रनगर नगरपालिकाले दिने भनेको छ । बाँकी दुई लाख कतैबाट पाए भए मेरो जीवन बाँच्न सक्थ्यो ।’ ग्रन्थीमा टिउमर भएका खत्रीलाई अस्पतालले तत्काल अप्रेशन गर्न सुझाव दिएको छ ।
‘काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालले मलाई तत्काल भर्ना होउ भनेको छ ।’ खत्रीले भने ‘पैसा नभएकै कारण म काठमाडौंबाट फर्किए ।’ ‘शुरुमा आँखा दुख्ने रोग देखिएको थियो ।’ उनले भने ‘सुर्खेत र नेपालगञ्जका अस्पतालमा धाउँदाधाउँदै हैरान भए, पैसा सकिएपछि काठमाडौंमा रोग पत्ता लाग्यो ।’
रोग पत्ता नलाग्दा अस्पताल धाउँदैमा आफूसँगको पैसा सकिएपछि उपचारमा समस्या भएको उनको भनाई छ । ‘पैसा भए आजसम्म अप्रेशन भैसक्थ्यो ।’ खत्रीले भने ‘रोग पत्ता लागेको ३ महिना भैसक्यो अझै पैसा जम्मा भएको छैन । खत्रीले उपचारमा सहयोग गर्न चाहनेल गरिमा विकास बैंक शाखा सुर्खेतको खाता नं. ०७२०१९००७५२१५९०००००१ मा सहयोग रकम जम्मा गर्न सक्ने जानकारी दिए ।