
काठमाडौँ - नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले हार भयो भन्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
इलाम सदरमुकाममा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले हारपछि अझ जनतामैत्री काम गर्नुपर्नेमा जोड दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सिंहले जनताको काम गर्न नछाड्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका थिए ।
पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हृदयराम थानी, केन्द्रीय सदस्य सरिता प्रसाइँ लगायतले काङ्ग्रेसलाई एक ढिक्का बनाउन गाउँस्तरबाट नै लाग्नुपर्नेमा जोड दिए ।