३० असार २०८३, मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने दुई जना समातिए

राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने दुई जना समातिए

काठमाडौं– राष्ट्रपति विद्या भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दनहुने गरी अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्ट् गर्ने कार्यमा संलग्न२ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस ८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । गैरेलाईचैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धानकार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्