काठमाडौं, ४ चैत– संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत तोकेको छ ।

मन्त्रालयले बिहिबार ४८१ गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो ।
निर्वाचन आयोगले बिहिबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा तत्काल प्रमुख तोक्न मन्त्रालयलाई दिएको निर्देशन अनुसार पहिलो चरणमा ती कर्मचारीलाई खटाइएको बताइएको छ ।
मन्त्रालयले कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा खटिन निर्देशन दिँदै भनेको छ– स्थानीय तहको निर्वाचनको काममा तयारी एवम् व्यवस्थापनमा आवशयक सहयोग गर्नुपर्ने भएकाले कुनै पनि बिलम्ब नगरि खटिएको ठाउँमा रमाना लिइ हाजिर हुहन जानु हुन अनुरोध छ ।’
यस्तै मन्त्रालयले बिलम्ब गरी तोकिएको स्थनमा हाजिर हुन नगएमा आयोगको आचारसंहिता बमोजिम कारबाही हुने समेत सुचित गरिएको छ ।