२० असार २०८३, शनिबार

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति विप्लव समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । 

ज्वालासहित दुईजनालाई  हेटौंडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो ।

‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौं’ उनले भने ।

यसअघि पनि विप्लव समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
            
            

salt training

कमेन्ट गर्नुहोस्