२२ असार २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्वारा प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

राष्ट्रपति भण्डारीद्वारा प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा दिनेशकुमार थपलियालाई नियुक्त गर्नुभएको छ ।

संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले थपलियालाई नियुक्त गर्नुभएको हो ।

‘आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री दिनेशकुमार थपलियालाई नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ,’  राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । यसअघि थपलियालाई संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । 

यस्तै, राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्