२५ असार २०८३, बिहीबार

थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

बैशाख १२, २०७६
थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

काठमाडौं- थाइल्याण्डमा जारी एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा गर्‍यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे । 

बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ । नेपालले शनिवार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने हिजो बुधवार भएको दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । 

२३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्याण्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ । 

salt training

कमेन्ट गर्नुहोस्