०६ साउन २०८३, बुधबार

प्रभू बैंक लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालनमा

बैशाख १३, २०७६
प्रभू बैंक लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं – प्रभू बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।

भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । 

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद महेश बस्नेतले प्रभू बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रसंसा गर्दै नगरबासीलाई पनि प्रभू बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभू बैंक आप्mना ग्राहकसँग आवश्यकता अनुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरू सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकाले आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे ।

प्रभु बैंकको बालकोट शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्