
काठमाडौं । सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै कमिसनखोर सरकारको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् ।
सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले आज विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका छन् ।
पूर्वपञ्चहरुको पार्टी राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदीप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्ड लगायतका अनियमिततामा कारवाहीको माग गरिएको छ ।
राप्रपा (संयुक्त) कार्यसम्पादन समितिका सदस्य तथा विधार्थी संगठनका संयोजक जगत गौचनले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारकै नेतृत्व र संरक्षणमा भ्रष्टाचार जीवन पद्धति बनाइएकोमा आपत्ति जनाए ।
युवा विधार्थीहरुले नक्साल गहना पोखरीदेखि अख्तियार परिसरसम्म नारा जुलुस गरेका थिए । भ्रष्टाचारीलाई सख्त कारवाहीको माग गर्नुका साथै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी