
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको खेलहरू भइरहेका छन् ।
हालसम्मको नतिजा हेर्ने हो भने श्रेयर एय्यरको कप्तानी रहेको टीम दिल्ली क्यापिटल्स शीर्षस्थानमा छ । शीर्षस्थानमा रहेको दिल्ली र महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नई सुपर किंग्स प्लेअफमा पुगिसकेका छन् ।
मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइइडर्स र किंग्स इलावेन पञ्जाब प्लेअफ दौडमा छन् ।
यस संस्करणको आईपीएलमा सर्वाधिक रन हान्ने खेलाडी बनेका छन्- सनराइजर्स हैदराबादका डेविड वार्नर । उनले १२ खेलमा ६९२ रन हानेका छन् ।
त्यस्तै सर्वाधिक रन प्रहार गर्ने सूचीको दोस्रो स्थानमा पञ्जाबका केएल राहुल रहेका छन् । उनले ५२० रन बनाएका छन् ।
त्यस्तै सूचीको तेस्रो स्थानमा कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल छन् । उनले ४८६ रन जोडेका छन् ।
दिल्ली क्यापिटल्सका शिखर धवन ४५१ रनसहित सूचीको चौथो स्थानमा रहँदा ४४८ रनसहित पञ्जाबका क्रिश गेल पाँचौ स्थानमा अटाएका छन् ।