पुस ८, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिर...
काठमाडौं– २५ बुँदे घोषणा पत्र जारी गर्दै मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
'हाम्रो समस्या, हाम्रै समाधान' भन्ने मूल नाराका साथ सोमवारबाट राजधानीमा शुरू भएको सम्मेलन २५ बुँदे घोषणा पत्र जारी गर्दै मंगलवार सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत भएका थिए । छलफलपछि आगामी दिनमा मेलमिलापलाई अझै महत्त्व दिने प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरिएको हो ।
सम्मेलनमा विभिन्न निकायका कर्मचारी, स्थानीय न्यायिक समितिका संयोजकहरू, सामुदायिक मेलमिलापकर्ताहरू, अदालत प्रेसित मेलमिलापकर्ताहरू लगायत १ सय ५३ जना सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलनले मेलमिलापको पद्धतिलाई अझै प्रभावकारी रूपमा लैजाने विश्वास व्यक्त गरे ।
उनले भावी दिनमा स्थानीय निकायका न्यायिक समिति, सामुदायिक मेलमिलापको केन्द्रहरूमा हुने मेलमिलापले न्यायपालिकामा आउने मुद्दाको संख्यामा कमी आउन सके मात्र मेलमिलापको अर्थले सार्थकता पाउने बताए ।
सम्मेलन समारोहमा मेलमिलाप परिषद्का पूर्व अध्यक्षहरू गिरिशचन्द्र लाल र वैद्यनाथ उपाध्यायलाई मेलमिलाप परिषद्मा रहेर बहन गरेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो ।
त्यस्तै मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले धेरै मुद्दालाई मेलमिलापका लागि सिफारिस गरेको र चितवन जिल्ला अदालतमा मेलमिलापकर्ताको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जयनारायण आचार्यलाई समेत सम्मान गरिएको छ ।
हेर्नुहोस्, घोषणा पत्र :
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिर...
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...
सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । आज सन्दीप पक्षका वकिलले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...