माघ २९, २०८०
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
काठमाडाैं | असार २१, २०८०
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
सर्वोच्च अदालतले सचिवस्तरीय निर्णय बदर गरेसँगै हजारौं निजामती कर्मचारीहरूले खाईपाई आएको ग्रेड अब पुनः खान पाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको निर्णयका कारण खुला प्रतिस्पर्धाबाट नियुक्त भई पदस्थापना भएका कर्मचारीले तल्लो पदमा खाईपाई आएको तलब रकमभन्दा नियुक्ति पाएको पदको शुरूको तलब रकम कम भएमा समायोजन गर्नका लागि ग्रेड पाउने कि नपाउने भन्ने अन्योल कायम भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा बहाल रहेको कर्मचारीले लोक सेवा आयोगद्वारा विज्ञापन गरेको खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी २०७९ फागुन ११ गते निर्णय गरेको थियो ।
मन्त्रालयका सचिव कृष्णहरी पुस्करले सचिव स्तरीय निर्णय गर्दा धेरै कर्मचारीहरूले खाईपाई आएको ग्रेड पाउनबाट वञ्चित भएका थिए ।
निजामती किताबखानाबाट २०७० पुस ९ गते पारित भएको तलबी प्रतिवेदनमा खुला प्रतिस्पर्धाबाट पास गरी रमाना लिई जाने कर्मचारीको तल्लो पदबाट टाइम स्केल मिलान (ग्रेड समायोजन) गर्नुपर्ने रहेछ भने नियमित बढुवा भएसरह मानी टाइम स्केल मिलान गर्ने भनी निर्णय भएको थियो ।
निजामती सेवा ऐन तथा नियमावलीमा संशोधन नै नभएको अवस्थामा निर्णयलाई परिवर्तन गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय बदरभागी रहेको भन्दै रिट दायर गरिएको थियो ।
नेपाल निजमाती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले उत्प्रेषणयुक्त परमादेश समेतबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले सचिवस्तरीय निर्णयलाई परमादेशको आदेशबाट बदर गरिएको हो ।
२०८० जेठ १६ गते भएको परमादेशको आदेशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९ फागुन ११ गतेको निर्णय बदर गरेको छ ।
‘अब मिति २०७९ फागुन ११ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहरी फैसला बहेको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९ फागुन ११ को निर्णय हुनुपूर्व कर्मचारीले खाईपाई आएको तलबमानमा नघट्ने गरी तलबभत्ता उपलब्ध गराउनू भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ,’ सर्वोच्चको फैसलामा उल्लेख छ ।
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिर...
सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...