
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले मंसिर २२ गते विगतको फैसला दोहोर्याएर हेर्ने आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडितले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो ।
फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो ।
शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनी पक्राउ परेका थिए ।
