२१ असार २०८३, आइतबार

दुर्घटनामा परी गण्डकी प्रदेशमा २ जनाको ज्यान गयो

बैशाख १७, २०७६
दुर्घटनामा परी गण्डकी प्रदेशमा २ जनाको ज्यान गयो

पोखरा– गण्डकी प्रदेशमा  छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।

    गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए । 

    त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–६ का ६२ वर्षीया मिना खड्का मृत भेटिएकी छन् । पोखरा महानगरपालिका–१० रामघाटस्थित गण्डकी अस्पताल अगाडि होटलमा कोठा लिएर बसेकी उनी आज मृत भेटिएको र घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्