सुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदमा सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै कर्णाली प्रदेशका केही आयोजनाको मात्रै नाम लिएकी छन् ।
जाजरकोटमा रहेको बहुमुल्य पत्थर खानी अध्ययन गरी उत्खनन् गरिने, कर्णाली नदीको किनारामा तटबन्ध निर्माण गर्ने कार्यलाई अभियानका रुपमा लैजाने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
हुम्ला र डोल्पा जिल्लामा आगामी आर्थिक वर्षमा सडक पुर्याइने कार्यक्रममा उल्लेख छ । अग्र्यानिक कर्णाली बनाउने भनेर प्रदेश सरकारले लिएको नीतिलाई देशव्यापी रुपमा भएपनि सम्बोधन गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला तथा प्रदेशका सबै स्थानीय तहमा दीर्घकालीन सोच अनुसारको खेल मैदान बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।