साउन २४, २०७९
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...
काठमाडौं –सडक विस्तारको नाममा वर्षौंसम्म धूलो र हिलोले आजित भएपछि काठमाडौंको जोरपाटी क्षेत्रका बासिन्दा बिहीवार सडक नै अवरुद्ध गर्नेगरी आन्दोलनमा उत्रिए ।
नागरिक स्तरमा स्वतःस्फुर्त रूपमा भएको आन्दोलनमा प्रहरीले अश्रु ग्यास चलाउने अवस्था समेत सिर्जना भयो ।
चाबहिलदेखि साँखु जोरपाटी क्षेत्रमा सडक विस्तारको काम शुरू भएको चारवर्ष पुग्यो, तर अझै काम पूरा भएको छैन ।
चार वर्षसम्म स्थानीयले धेरै धूलो खाए । वर्षायाम शुरू हुने बेला आइसक्दा अब फेरि हिलोको चिन्ता सँगै छ ।
९ महिनामा नआएको त्यो १५ दिन
साउन २४ मा पूर्वप्रधानमन्त्री तथा क्षेत्र नं. १ का सांसद माधवकुमार नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तथा मन्त्रालयका सचिव, सडक विभागका प्रमुख र ठेकादार सहितको जम्बो टोली लिएर बौद्ध–जोरपाटी–साँखु सडकको अनुगमनमा निस्किए ।.
नेता नेपालको अगाडि मन्त्री महासेठले १५ दिनभित्र खाल्डाखुल्डी पुर्ने आश्वासन दिए । ९ महिना बितिसक्दा समेत अवस्था ज्यूँका त्यूँ छ ।
नेता नेपाल अवलोकनका लागि आउने चाल पाएका ठेकेदारहरूले अघिल्लो दिन नै केही खाल्डाखुल्डी रातारात पुरेका थिए ।
भदौ १० मा माधवकुमार नेपाल फेरि सडक अनुगमनमा निस्किए । त्यसक्रममा पनि केही खाल्डा पुरिए ।
नेता नेपालले फेरि १५ दिनपछि अनुगमन गर्ने प्रतिबद्धता जनाए, तर त्यसयता उनले पनि ‘फुर्सद’ पाएका छैनन् ।
हिउँद, विशेषगरी घाममा धुलाम्मे सडक र वर्षामा हिलाम्मे हुने गरेको छ । सडकमा दैनिक यात्रा गर्नुपर्ने नियति सर्वसाधारणले ४ वर्षदेखि भोग्दै आएका छन् ।
वर्षायाममा त एक जोर कपडा जगेडा नै लिएर हिँड्नुपर्ने गुनासो स्थानीय गर्छन् ।
बौद्ध क्षेत्रमा पानी पर्नै हुँदैन, ताल बन्छ । स्थानीय व्यापारीको पसलमै बाढी छिर्छ । सामानहरूमा नोक्सान पुग्ने गरेको छ ।
बालबालिका तथा शारीरीक रूपमा अशक्तहरूका लागि यो बाटो हिँड्न निकै मुस्किल पर्ने गरेको छ । सडकको दुरावस्थाका कारण दैनिक एकदुई दुर्घटना हुनु पनि समान्य झैं भइसकेको छ ।
५० प्रतिशत पनि भएको छैन काम !
दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा काम शुरू भएको थियो, तर अझै ५० प्रतिशत पनि काम भएको छैन ।
चाबहिलदेखि साखुँसम्म साढे १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्ने गरी ४ खण्डमा बाँडेर ठेक्का सम्झौता भएको थियो ।
२२ मिटर चौडाइमा जीएलडी मापदण्ड अनुसार सडक बनाउनका लागि सडकको दुवैतर्फ घर भत्किने भएपछि घर तथा जग्गाधनीहरूले मुआब्जाका लागि मुद्दा दायर गरे ।
अदालतले घरधनीको पक्षमा फैसला सुनाएको छ । सडक विभागका अनुसार घरको मुआब्जा दिने कार्यक्रम भएता पनि जग्गाको मुआब्जा दिने कार्यक्रम नभएकाले समस्या परेका बताउँछ ।
गतवर्ष भएको विमस्टेक सम्मेलनमा आएका पाहुनालाई गोकर्ण रिर्सोटमा रिट्रीट गराइने चर्चा चलेपनि स्थानीयबासी बाटो बन्छ भनेर उत्साहित भएका थिए, तर अन्तिममा स्थगित भयो ।
सडक निमार्णका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाइ भएको निर्माण व्यवसायीहरू बताउँछन् ।
अति भएपछि सडकमा !
सडकको अवस्थाका कारण समस्या भोग्न बाध्य स्थानीय दबाबमूलक आन्दोलनमा उत्रिएका छन् ।
बिहीवार चाबहिलको टुसालदेखि जोरपाटीसम्मको बाटो बन्द गरेर उनीहरू अनिश्चितकालका लागि आन्दोलित बनेका हुन् ।
बाटो छिटो बनाउनुस् भनेर विभिन्न निकाय धाएपनि कुनै प्रगति नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बौद्धका व्यापारी सञ्जीव तामाङ बताउँछन् ।
तत्काल बाटो बन्ने निश्चित नभएसम्म आन्दोलन नरोकिने स्थानीय लोकेन्द्र भट्टको भनाइ छ ।
‘जबसम्म बाटो बनाउनका लागि गिट्टी झर्दैन तबसम्म आन्दोलन रोकिँदैन,’ बिहीवार आन्दोलनमा भेटिएका लोकेन्द्र भट्टले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको बोद्धनाथ हराभरा र सफासुग्गर हुनुपर्नेमा सरकारले पर्यटकलाई धूलो, धूवाँ र हिलो उपहार दिएको छ ।’
अघिल्लो वर्षको आन्दोलनलाई प्रशासनले दबाएको भन्दै अर्का व्यवसायी बाबुकाजी थापा बाटो नबनेसम्म यसपटक आन्दोलन नरोकिने जिकिर गर्छन् । आन्दोलन अझै सशक्त बनाउँदै लैजाने उनको भनाइ छ ।
अर्का स्थानीय व्यवसायी कबिन घिमिरेले सरकारले जानाजान बाटो नबनाएको आरोप लगाए । सरकार नै ठेकेदारले चलाएको उनको आरोप छ ।
स्थानिय ब्यवसायी कबिन घिमिरेले सरकार ठेकेदारहरुले चलाएको भन्दै आक्रोस पोखे । उनले सरकारले जानाजान बाटो नबनाएको पनि आरोप लगाए साथै अश्रुग्यास प्रहार गरी आफुहरुलाई दबाउन खोजेको आरोप लगाए ।
आन्दोलनमै भेटिएका अर्का एक स्थानीयले आक्रोश पोखे– ‘मोनोरेलको सपना बाँढ्ने नेतालाई राजधानीको यो कुरूप अनुहार देख्दा लाज लाग्नु पर्ने हो ।’
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ । प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४...
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमा ७५ वर्षीय एक वृद्धको घरमा ७ जनाको समूहले चोरी गरेर फरार भएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार चोर साढे २ तल्लाको घ...
७४ लाख रुपैयाँ हुण्डीको पैसासहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो (सोमवार) काठमाडौंको अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्नका लागि खाका पठाउन सबै निकायलाई परिपत्र गरेको छ । बजेटमा व्यवस्था भए बमोजिम १० प्रतिशत दरबन्दी कटौतीको निर्णय सरकारले कार्यान्वय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दर्ता गरेको छ । साविक जिल्ला विका...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...