नयाँ बसपार्कबाट ९ जुवाडे पक्राउ

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । 

आइतवार ना ७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ९ जनालाई १ बुक तास र ४६ हजार नगदसहित नयाँ बसपार्कबाट पक्राउ गरेको प्रहरी निरीक्षक मोहनविक्रम केसीले लोकान्तरलाई बताए । 


Advertisement

यस्तै लालबन्दी नगरपालिका ४ को पसलमा जुवातास खेलिरहेको अवस्थामा १६ हजार ५ सय नगदसहित ५ जनालाई पक्राउ गरेको छ । 

लालबन्दीका ४७ वर्षीय भानु घिमिरेसहित ५ जनालाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्