२१ असार २०८३, आइतबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पोखरा – मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा मंगलवार साँझ १ जनाको मृत्यु भएको छ ।

पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । पोखराको लेखनाथस्थित आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र ग१३प २६६० नम्बरको मोटरसाइकल एकापसमा जुधेपछि सो घटना भएको हो ।

सो मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्