काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । स्थानीय भारतीय समय अनुसार साँझ ७ बजे भारतीय संविधान अनुसार मोदीले सपथ लिएका हुन् ।
राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा ८ हजार बढी देशी विदेशी पाहुनाको उपस्थिति थियो । मोदीकै सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पनि आजै साँझ दिल्ली पुगेका थिए ।
मोदीसँगै मन्त्रीपदका लागि राजनाथ सिंह, भाजपा अध्यक्ष अमित शाह, सदानन्द गौडा, नितिन गडकरी, निर्मला सितारामन र रामविलास पासवानले पनि सपथ ग्रहण गरेका छन् ।