३० असार २०८३, मंगलबार

भूकम्पको हल्ला फैलाउने ज्योतिषी पक्राउ

भूकम्पको हल्ला फैलाउने ज्योतिषी पक्राउ

काठमाडौं– 'देशमा ठूलो भूकम्प आउँछ' भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षीय ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले युट्युबमा भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । 

प्रहरीले उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको विपद् सम्बन्धी अफवाह फैलाएको कसूरमा उनलाई पक्राउ गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्