२१ असार २०८३, आइतबार

लुटेरा समात्न काठमाडौंमा प्रहरीले गोली चलायो

जेठ २५, २०७६
लुटेरा समात्न काठमाडौंमा प्रहरीले गोली चलायो

काठमाडौं– श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न छिरिङ तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानी नियन्त्रणमा लिएको छ । 

प्रहरीले छिरिङलाई अत्तरखेलबाट पक्राउ गरेको हो । 

उनको दाहिने घुँडामुनी गोली लागेको छ । महाशाखाका अनुसार छिरिङसहित चारजनाको समूहले काठमाडौंमा श्रृङ्खलाबद्ध लुटपाट मच्चाइरहेको थियो ।

कान्तिपुर दैनिकमा खबर छापिएको छ। 
 

कमेन्ट गर्नुहोस्