२१ जेठ २०८३, बिहीबार

अब भारत सरकारबाट सोझै मल खरिद गरिने, मन्त्रीपरिषदले दियो स्वीकृति!

अब भारत सरकारबाट सोझै मल खरिद गरिने, मन्त्रीपरिषदले दियो स्वीकृति!

काठमाडौं–  नेपाल सरकारले अब भारत सरकारबाट सोझै (जीटुजी) मल खरिद गर्न सक्ने भएको छ । गत सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भारत सरकारबाट नेपाल सरकारले सोझै मल खरिद गर्न स्वीकृति दिएसँगै नेपाल सरकारले भारत सरकारबाट सोझै मल खरिद गर्न सक्ने भएको हो ।

मन्त्रीपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जीटुजी मल खरिदका स्वीृकति दिइएको जानकारी दिए । ‘जीटुजी मल खरिद गर्न स्वीकृति दिइएको छ’ मन्त्री बाँस्कोटाले भने, ‘नेपाल सरकारले भारत सरकारसँग युरिया र डिएपि मल गर्ने छ, ।’

कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका अनुसार बर्खेबाली धानका लागि ५० हजार मेट्रिक टन मलको अभाव हुने देखिएको छ । २० हजार मेट्रिक टन डिएपि र ३० हजार मेट्रिक टन युरियाको कमी हुने कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको तथ्यांक छ ।

यसअघि सरकारी अनुदानमा किसानलाई उपलब्ध गराउन कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् मल खरिद गर्दै आएको थियो ।

यसअघि मल खरिदका लागि आर्थिक अभाव भएको भन्दै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको र अर्थले बजेट उपलब्ध नगराएको कृषिका अधिकारीहरु बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्