२६ असार २०८३, शुक्रबार

नेपाली लीग विजेता मनाङ बंगलादेशतर्फ

नेपाली लीग विजेता मनाङ बंगलादेशतर्फ

काठमाडौं- एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लीग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सोमवार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

यही असार ४ गते बंगलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बंगलादेशको लीग च्याम्पियन अबहानी लिमिटेडसँग जीत निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ । 

यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो । घरेलु मैदानमा पराजित भएको लीग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसर समेत हुनेछ ।    

समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ ।  यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ । 

समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्