२६ जेठ २०८३, मंगलबार

बिहारमा इन्सेफलाइटिसका कारण मर्नेको संख्या १३० पुग्यो, ८० प्रतिशत बालिका

बिहारमा इन्सेफलाइटिसका कारण मर्नेको संख्या १३० पुग्यो, ८० प्रतिशत बालिका

काठमाडौं – भारतको बिहारमा इन्सेफलाइटिसबाट मर्नेको संख्या बढेर १३० पुगेको छ ।

भीषण गर्मीसँगै मृतकको संख्या बढेको हो । मुजफ्फरपुर मेडिकल कलेज र केजरीवाल अस्पतालमा यस रोगबाट मर्नेको संख्या १३० पुगेको हो । ३०० जना गम्भीर रोगी छन् । 

अन्य अस्पतालको त आँकडा समेत आएको छैन । मर्ने वा गम्भीर रूपमा बिरामी हुनेमध्ये ८० प्रतिशत बालिका छन् । 

विशेषज्ञहरूले यस क्षेत्रमा कुपोषणको भयावह समस्या रहेको पत्ता लगाएका छन् । कुपोषणको शिकार बालिकाहरू हुन्छन् र उनीहरूमा आइरनको कमी हुन्छ । 

सन् २०१४ मा देशमा रोगबाट प्रभावित ६० जिल्लाको पहिचान गरिएको थियो र त्यहाँ सघन अभियान चलाउने कुरा गरिएको थियो । पाँच मन्त्रालयको एक समिति पनि बनाइएको थियो । तर त्यसको एउटा बैठक पनि बसेन । 

यस प्रकरणमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले गम्भीर प्रश्नको सामना गर्नुपरेको छ । राज्यले रोग नियन्त्रणमा किन कमी राख्यो भनी प्रश्न उठिरहेको छ । 

आलोचनाका बीचमा नीतीश मंगलवार मुजफ्फरपुर पुगे । उनी अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसले कडा विरोध गरे अनि नीतीश फर्किऊ भनी नारा लगाए । बालबालिकाको मृत्युका कारण रिसाएका परिवारले नीतीश मूर्दाबाद र हाय हायका नारा लगाए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्