२५ असार २०८३, बिहीबार

आज एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

आज एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
फाइल तस्बिर

भक्तपुर–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । 

कार्यालयले एक सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्