३० जेठ २०८३, शनिबार

प्रचण्डलाई बाबुरामको जवाफ- दीपक मनाङे जस्ता बौद्धिक भएको पार्टीमा अरू बौद्धिक चाहिन्छ र ?

प्रचण्डलाई बाबुरामको जवाफ- दीपक मनाङे जस्ता बौद्धिक भएको पार्टीमा अरू बौद्धिक चाहिन्छ र ?

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको बौद्धिकताको अर्थ नेकपामा मात्र हुने भन्दै पार्टीमा आउन आह्वान गरेको केही घण्टा नबित्दै बाबुरामले जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बाबुरामले दीपक मनाङेजस्ता बौद्धिकहरू रहेको पार्टीमा अरू बौद्धिक आवश्यक पर्छ र भन्दै प्रश्न गरेका हुन् ।

'कमरेड दीपक मनांगे जस्ता “बौद्धिक” भएको “कमाउनिष्ट” पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?' बाबुरामले ट्वीटरमा लेखेका छन् ।

यसअघि बाबुरामको पार्टीका नेताहरूलाई नेकपामा स्वागत गर्दै प्रचण्डले बाबुरामको बौद्धिकताको अर्थ र महत्त्व नेकपामा मात्र हुने बताएका थिए ।

त्यसपछि बोलेका नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुराम मात्र नभएर फोरमहरू पनि नेकपामा अट्न सक्ने अभिव्यक्ति दिएका थिए ।

पढ्नुहोस्, यो पनि :

चित्रबहादुरदेखि बिजुक्छेसम्मलाई पार्टीमा बोलाउँदै प्रचण्डले भने- के सम्मान दिए आउनुहोला

salt training

कमेन्ट गर्नुहोस्