२९ असार २०८३, सोमबार

अमेरिकाको भ्रमण पूरा गरी सेनापति थापा स्वदेश फिर्ता

अमेरिकाको भ्रमण पूरा गरी सेनापति थापा स्वदेश फिर्ता

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक कार्यक्रम सहभागि भई स्वदेश फिर्ता भएका छन् ।

थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मी फोर्सले आयोजना गरेको पिस सेक्युरिटी नेटवर्क मिटिङ तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो चिफ अफ डिफेनसमा सहभागि भई आज (मंगलबार) स्वदेश फिर्ता भएका हुन् ।

भ्रमणका दौरानमा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयका काइृरत विशिष्ट व्यक्ती लगायत अमेरिका आर्मी फोर्सका उपाध्यक्ष पोउल जे सेल्भालाई भेट गरेका थिए ।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा  मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्