एजेन्सी-भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको संन्यासबारे मानिसहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । उनले संन्यास लिन्छन् वा लिँदैनन् भन्ने यकिन भइसकेको छैन ।
यसैबीच धोनीको बाल्यकालको प्रशिक्षक केशव बनर्जीले उनको संन्यासलाई लिएर नयाँ खुलासा गरेका छन् ।
उनले आइतवार राँचीस्थित पुरानो घरमा गएर धोनीको बाआमालाई भेटेका थिए ।
केशवले भने, 'उनको माता-पिताको चाहना पनि धोनीले अब संन्यास लिए हुन्थ्यो भन्ने छ ।'
हालै सम्पन्न विश्वकपमा धोनीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेका कारण उनले अब संन्यास लिनुपर्ने आलोचकहरूको भनाइ छ ।
तर समर्थकहरू भने अझै केही समय धोनीलाई निलो जर्सीमा हेर्न चाहन्छन् ।