
काठमाडौं, १३ चैत - एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका सदस्यलाई शपथग्रहण गराएपछि अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा राजनीतिको नाममा अपराधीहरु सक्रिय रहेको बताएका छन् । उनले उनीहरु देशलाई सम्बृद्ध नबनाउनको लागि चलखेलमा लागेको समेत बताए ।
एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको सपथग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले ती अपराधीहरु लोकतान्त्रिक प्रक्रियामा सभा तथा भेलाहरु गर्न नदिनको लागि पनि सक्रिय भएको बताए । उनीहरुकै अलोकतान्त्रिक गतिविधीको कारणले सप्तरीमा गोलीकाण्ड जस्तो दुखद घटना घटेको बताए ।
अपराधीहरु शान्तिपूर्ण सभा गरेको ठाउँमा हमला गर्न आउने गरेको उनले बताए । यस्ता गतिविधीहरु राजनीतिक दलले गर्ने गतिविधी नभएर आतंककारीहरुले गर्ने गतिविधी भएको बताए ।
साथै उनले कम्युनिष्ट नेता पुष्पलाललाई सुरुदेखि नै लखेट्ने काम भएको समेत स्मरण गरे । केहीले किताबै लेखेर उनलाई लखेट्ने कोशिश गरेको भएपनि अहिले उनीहरु पुष्पलालकलो विचार र नीतिमा सहि थाप्न आएको बताए ।
उनले देशको परिस्थिती अप्ठ्यारोमा रहेकोले मधेशमा रहेको भ्रम चिर्न सक्नुपर्ने समेत बताए ।