२९ असार २०८३, सोमबार

अनियन्त्रित कारले कुल्चियो दर्जन स्कूटर, ३ जनाको मृत्यु (भिडियो)

अनियन्त्रित कारले कुल्चियो दर्जन स्कूटर, ३ जनाको मृत्यु (भिडियो)

काठमाडौं – चीनको पूर्वी भागमा रहेको चाङ्झुमा एउटा कारले लहरै राखिएका स्कूटरहरूलाई कुल्चिएपछि तीनजनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

ड्याशक्यामको फूटेजमा कालो मर्सिडिज बेन्ज एसयूभीले एक दर्जन स्कूटरलाई कुल्चिँदै अघि बढेको देखिन्छ । 

शु थर भएका ३५ वर्षीय चालकलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

घटना बिहान १०ः४७ मा भएको थियो । पुलिङ रोडको बाइक लेनमा यो घटना भएको हो । 

रेड लाइट बलेर रोकिएका कैयौं स्कूटरलाई पनि कारले हिर्काएको थियो । 

तेह्रजनालाई अस्पताल दौडाइएको र गम्भीर चोटपटक लागेका तीनजनाको मृत्यु भएको प्रहरीले बतायो ।  

दुर्घटनाको फूटेज हेर्दा सैलूनहरूमा पनि क्षति पुगेको र एक दर्जनभन्दा बढी स्कूटरलाई कर्मचारीहरूले लगेको देखिन्छ । 

प्रत्यक्षदर्शीहरूले दुर्घटना हुँदा ठूलो आवाज सुनिएको बताए । 

अधिकारीहरूले दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्