०३ असार २०८३, बुधबार

टीभीएसले ल्यायो अन्तर्राष्ट्रिय रेस ट्रयाकमा मोटरसाइकल चलाउने योजना

टीभीएसले ल्यायो अन्तर्राष्ट्रिय रेस ट्रयाकमा मोटरसाइकल चलाउने योजना

काठमाडौं- टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल ग्राहकहरूलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।

यो योजनाअनुसार नेपालभर रहेका टीभीएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे RR310 तथा अपाचे 200 4V v2 को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागी हुन सकिनेछ । यस अन्तर्गत २५ जना भाग्यशाली विजेताले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे RR 310 र 200 4V v2 कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे RR 310 तथा 200 4V v2 खरीदकर्ताहरूले हेल्मेट्स नेपालको क्रमशः १० हजार तथा ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे RR 310 को लागि मासिक किस्ताबन्दी १९ हजार ०९३ र अपाचे 200 4v v2 को लागि ११ हजार २४५ कायम गरिएको छ । 

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, 'हरेक मोटरसाइकल राइडरको एउटा भित्री इच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाइकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइकप्रेमीहरूलाई सदैव नयाँ-नयाँ एक्सपेरियन्स दिलाएर अचम्मित पार्दै आएको टीभीएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रूपमा हामीले हाम्रा ग्राहकहरूलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।' 

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ किलोमिटरको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ ईभेन्टहरू आयोजना भइसकेको यो ट्रयाक रेसिङ प्रेमीहरू माझ अत्यन्तै लोकप्रिय छ । 

टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई आफ्नो जीवनकै सर्वश्रेष्ठ अनुभव हासिल गर्ने अवसर नगुमाउन हुन कम्पनी सबै मोटरसाइकलप्रेमीहरूमा अनुरोध कम्पनीले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्