२० असार २०८३, शनिबार

सचिवालय बैठकअघि प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी नेताहरूको लर्को

सचिवालय बैठकअघि प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी नेताहरूको लर्को

काठमाडौं– आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

दिउँसो १ बजेदेखि सचिवालय बैठक बस्ने तयारी थियो । तर बिहानको खाना पनि नखाई प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी पक्षका शीर्ष नेताहरू जम्मा भएका छन् ।

'नेताहरू आउनेजाने भइरहन्छ तर आज सचिवालय बैठकका लागि पूर्वतयारी स्वरूप भेला हुनुभएको हो,' खुमलटार स्रोतले भन्यो, 'आजको सचिवालयले महत्त्वपूर्ण निर्णय गर्ने र त्यससम्बन्धमा पूर्व सहमति आवश्यक देखिएकाले नेताहरू बैठक र छलफलमा जुट्नुभएको हो ।' 

असार मसान्तभित्र नै एकताका सम्पूर्ण प्रक्रिया सक्ने भनिएको भएता पनि सहमति जुट्न नसकेका कारण एकता प्रक्रिया लम्बिएको थियो ।

असार ३१ गते साँझ अबेरसम्म बसेको शीर्ष नेताहरूको बैठकले पूर्व एमाले र पूर्व माओवादीबीच विभागहरूको भागबण्डा गरेको थियो । 

भागबण्डा अनुसार ३२ विभागमध्ये पूर्व एमालेको पक्षमा १८ र पूर्वमाओवादीको पक्षमा १२ विभाग परेको थियो ।

पूर्व एमालेका नेताहरूले आफ्नो भागमा परेका चार महत्त्वपूर्ण विभागहरूको नेतृत्व टुंगो लगाइसकेको छ । 

जसअनुसार संगठनमा वामदेव गौतम, स्कूलिङमा ईश्वर पोखरेल, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठान विभागमा वरिष्ठ नेता झलनाथ खनाल तोकिइसकेका छन् भने पूर्व माओवादीतर्फ परेको आर्थिक र प्रचार विभागको नेतृत्व तोक्न बाँकी छ । 

आज बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज, बाँकी रहेका अन्य विभाग, आयोगहरू, सल्लाहकार परिषद, जेष्ठ नागरिक संगठनको नेतृत्वमा सहमति जनाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्