२७ जेठ २०८३, बुधबार

स्थानीय चुनावका लागि पर्यवेक्षक माग, यस्तो छ आवेदनको प्रक्रिया

कात्तिक २०, २०७४
स्थानीय चुनावका लागि पर्यवेक्षक माग, यस्तो छ आवेदनको प्रक्रिया

काठमाडौं, १४ चैत– बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षक माग गरेको छ । स्थानीय चुनाव पर्यवेक्षण गर्न चाहने संघ संस्थाहरुले सोमबार (आज)देखि लागू हुने गरी आवेदन दिन सक्ने छन् ।

निर्वाचन आयोगले सोमबारदेखि लागू हुनेगरी १५ दिन भित्र आयोगको केन्द्रीय, क्षेत्रीय र जिल्ला कार्यालयमा निवेदन दिन इच्छुक संघ संस्थाहरुलाई आह्वान गरेको हो ।

निर्वाचन पर्यवेक्षकका लागि अनलाइनबाट पनि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि www.observer.election.gov.np मा लग अन गरी निवेदन दिन सकिने छ ।

इच्छुकक संघ संस्थाले काठमाडौं उपत्यकामा निर्वाचन आयोग र जिल्लाका हकमा जिल्ला निर्वाचन कार्यालयले अनुमतिका लागि निवेदन दिन सक्नेछन् । क्षेत्रीय निर्वाचन कार्यालयले पनि पर्यवेक्षक अनुमतिसम्वन्धी निर्णय गर्नेछ ।

निर्वाचन पर्यवेक्षक गर्न चाहने संस्थाले संस्था दर्ताको प्रमाणपत्र, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संस्थाको कार्यसमितिको नामावली पेश गर्नु पर्नेछ । यस्तै, विगतमा निर्वाचन अनुगमन गरेको अनुभव भए सोको प्रमाण पनि पेश गर्न आयोगले आग्रह गरेको छ । सम्वन्धित संघ संस्थाले तयार पारेको पर्यवेक्षक परिचालन नीति पनि निवेदनसँगै पेश गर्नु पर्नेछ ।

यस्तो छ पर्यवेक्षकको योग्यता

निर्वाचन पर्यवेक्षक बन्ने व्यक्ति २१ वर्ष पुगेको नेपाली नागरिक हुनु पर्ने छ । शैक्षिक योग्यताको हकमा, न्युनतम प्रवीणता प्रमाण पत्र तह वा दश जोड दुई अथवा सो सरहको पढाइ पूरा गरेको हुनु पर्नेछ ।

पर्यवेक्षक हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय नपाएको हुनु पर्नेछ । निर्वाचनसम्बन्धी कसूरमा सजाय पाएको व्यक्ति पनि पर्यवेक्षक बन्न पाउने छैन ।

salt training

कमेन्ट गर्नुहोस्